बाँकेदेखि कञ्चनपुरसम्म पुग्ने लक्ष्यका साथ थाले गगनले संवाद यात्रा – Nepal Press

बाँकेदेखि कञ्चनपुरसम्म पुग्ने लक्ष्यका साथ थाले गगनले संवाद यात्रा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजबाट फेरि संवाद यात्रा थालेका छन्। नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म पुग्ने लक्ष्यका साथ आजबाट अभियान थालेका हुन्।

यात्राका क्रममा थापाले पार्टीका नेताहरूसँग छलफल, नेता कार्यकर्ताको सुझाव र जनतासँग प्रत्यक्ष भेटवार्ता पनि गर्नेछन्।

त्यसबारे जानकारी गराउँदै महामन्त्री थापाले भनेका छन् – संवाद यात्रा निरन्तर, हाम्रो यो चरणको संवाद यात्रा बाँकेदेखि कञ्चनपुरसम्म। नयाँ वर्षको शुभकामना साटासाट गर्दै तपाईंसँग संवाद र भेटघाटका लागि बैशाख १ देखि ४ गते सम्म तपाइँकै ठाउँमा !

यो यात्रा माघको दोस्रो साता हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म गर्नेगरी थालेका थिए। थापाको संवाद यात्रा सुभारम्भ गर्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका थिए। तर, विविध कारणले रोकिएको यात्रालाई अहिले निरन्तरता दिन लागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर