माधव नेपालको विश्वास- राजनीतिक दलहरूबीच सहकार्यको संस्कृति विकास हुँदैछ – Nepal Press

माधव नेपालको विश्वास- राजनीतिक दलहरूबीच सहकार्यको संस्कृति विकास हुँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमै सम्भावनाको खोजी गर्ने सकारात्मक सोचको विकास गर्न सबै राजनीतिक दलहरु बीचमा सहकार्य र सहमतिको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ वर्ष २०८१ को शुभकामना दिँदै विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताए।

उनले भनेका छन्( आगामी दिनमा रोजगारीको सृजना गर्न,आर्थिक समृद्धि हासिल गर्न र देश मै सम्भावनाको खोजी गर्ने सकारात्मक सोचको विकास गर्न सबै राजनीतिक दलहरु बीचमा सहकार्य र सहमतिको संस्कृति विकास हुने विश्वास लिएको छु।’

राष्ट्रिय पुँजीको विकास गर्दै उद्यमशीलता प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण तर्फ अग्रसर हुनुपर्ने बताए। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु प्राथमिकतामा राखेर सोही अनुसार नीति तथा कार्यक्रमहरू अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।

उनले भनेका छन्,’ नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित रोजगारी र आर्थिक समृद्धिको लागि नयाँ बर्ष २०८१ साल उपलब्धिमुलक हुने मैले विश्वास लिएको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर