‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रस्ताव पारित – Nepal Press

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रस्ताव पारित

काठमाडौंं । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भइ सर्वसम्मति पारित भएको हो । संकल्प प्रस्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो संकल्प प्रस्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिए । त्यसैगरी उनले सरकारले सो प्रश्ताव कार्यान्वयन गरे/नगरेको अनुगमन गर्न सभा अन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराए ।

बैठकमा सो संकल्प प्रस्ताव सांसद कमला पन्तले पेश गरेकी थिइन् भने सांसद पन्त प्रस्तावक रहेको संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर