इन्स्टाग्राम मेसेजमा पठाइने अश्लील तथा संवेदनशील फोटोहरु हेर्न नमिल्ने गरि ब्लर हुने – Nepal Press

इन्स्टाग्राम मेसेजमा पठाइने अश्लील तथा संवेदनशील फोटोहरु हेर्न नमिल्ने गरि ब्लर हुने

काठमाडौं । इन्स्टाग्रामले अश्लिलत तथा संवेदनशील फोटोहरुलाई अटोमेटिक ब्लर गरिदिने भएको छ । इन्स्टाग्रामले १८ वर्षमुनिका किरोरकिशोरीहरुलाई पठाइने अश्लील तथा संवेदनशील फोटोहरुलाई ब्लर गर्ने भएको हो ।

१८ वर्ष नपुगेका प्रयोगकताहरुलाई पठाइने नग्न तथा संवेदनशील फोटोहरुलाई इन्स्टाग्रामले हेर्न नमिल्नेगरी ब्लर गरिदिने भएकाे छ । इन्स्टाग्रमले गत जनवरीमा नै नाबालिक अथवा नाबालिकालाई डिएम अर्थात डाइरेक्ट मेसेज गर्न नमिल्ने घोषण नै गरेको थियो ।

जसले गर्दा बालबालिकाहरुलाई यौन तथा अश्लील कुराहरुबाट टाढा र त्यसले पार्ने प्रभाबाट जोगाउनका लागि यस्तो गरिन लागेको मेटा प्लेटफर्मले उल्लेख गरेको छ । यसका साथै अनलाइनमाफर्त हुने ठगीबाट जोगाउनका लागि पनि यस्तो ब्लरको कन्सेप्ट ल्याएको जनाएकाे छ ।

यसअघि भने सार्वजनिक रुपमा पोष्ट गरिएका यौन तथा हिंसात्मक तस्बिरहरुमा यस्तो खालको ब्लर लगाइँदै आइएको थियो । अब व्यक्तिगत मेसेजहरुमा पठाइने फोटोहरुमा पनि यस्तो लागू हुने भएको हो ।

मेटाले आफ्नो सिस्टममा १८ वर्षभन्दा माथिका प्रयोगकर्ताहरुलाई छुट्याउने समेत टेस्टीङ गरिरहेको छ । अहिले यस फोटो ब्लर गर्ने सिस्टमले अकाउन्ट खोल्दा भर्नुपर्ने जन्म मितिका आधारमा काम गर्छ । तर, भविषयमा प्रयोगकर्ताले गर्ने गतिविधिका आधारमाफर्त समेत नाबालक छुट्याउन सम्भव हुने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर