निवर्तमान मुख्यमन्त्री चौधरीको आरोप- प्रदेश प्रमुखबाटै संविधान उल्लंघन भयो – Nepal Press

निवर्तमान मुख्यमन्त्री चौधरीको आरोप- प्रदेश प्रमुखबाटै संविधान उल्लंघन भयो

रुपन्देही । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखहरुबाटै संविधान कुल्चिएको आरोप लगाएका छन् ।

प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै चौधरीले मुख्यमन्त्री नियुक्त गर्ने विषयमा कुनै प्रदेश प्रमुखले सूचना जारी गरेर समय दिने र केही प्रदेशका प्रमुखले सिधै मुख्यमन्त्री नियुक्त गर्ने गरेको बताए । लुम्बिनीमा बिहीबार मुख्यमन्त्री चौधरीले राजीनामा दिएपछि शुक्रबार दाबी पेश गरी शुक्रबार नै मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

यो विषयमा नेपाली कांग्रेसले प्रदेश प्रमुखले प्रकृया मिचेको विषयमा असन्तुष्ट जनाएको थियो । शुक्रबार चौधरीले भने, ‘प्रदेश प्रमुखले संविधान पल्ट्याउन छोडेको अवस्था छ, आफूखुसी नियुक्ति गर्ने थिति बस्यो, मलाई लाग्छ प्रदेश प्रमुखहरुबाटै संविधान संकटमा पर्नेभयो, अब प्रदेश प्रमुख संविधानलाई माया गर्ने हुनुपर्यो ।’

नेता चौधरीले संघीयताप्रति प्रदेश सरकार लड्नुपर्ने अवस्था रहेको आफ्नो अनुभव रहेको र त्यसमा आफूहरुले साथ दिने प्रतिवद्धता जनाउँदै कर्मचारी संयन्त्रमा संघीयता नआएका कारण अर्को चुनौती थपिएको जनाए ।

‘प्रदेश प्रममुखले २३ गते राजीनामा स्वीकृत गरिएको छ, २३ गते नै नियुक्ति भएको छ मुख्यमन्त्री । यस्तो पनि हुन्छ ? यो त संविधानमाथि छलकपट भयो’, कांग्रेसका सांसद बीरबहादुर रानाले भने । उनले सरकारलाइृ विश्वासको मत दिन नसक्ने जनाउँदै विपक्षमा बस्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर