भेपलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल (भिडिओ) – Nepal Press

भेपलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इ-सिगरेट (भेप) लाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गरे ।

उनले स्वास्थ्यमा हानी पुर्‍याउने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताए । उनले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए ।

उनले युवाहरू मद्यपान र धूम्रपानमा बढी रुमल्लीरहेको अवस्थालाई नियन्त्रण गर्न कानूनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गरे । नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्न सके धेरै समस्याहरू समाधान हुने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर