प्रधानमन्त्री भेटेर निस्किएका ओलीलाई प्रश्न- सरकारले बिजनेस नपाएरै हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्री भेटेर निस्किएका ओलीलाई प्रश्न- सरकारले बिजनेस नपाएरै हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठक विपक्षी दल नेपाली कांग्रेसको कारणले चल्न नसकेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अधिवेशन अन्त्य गर्ने र सुरू गर्ने क्रम चलिरहने बताए ।

सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, कांग्रेसले चल्न नदिएर हो ।

ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक राख्दैछन् । आजको बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नेदेखि केही महत्वपूर्ण निर्णय लिनसक्ने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर