एमालेले बोलायो सचिवालय बैठक – Nepal Press

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने बताए ।

उनले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेश गर्ने सांगठानिक र राजनीतिक प्रतिवदेनहरूको विषयमा बैठकमा छलफल हुन्छन् । त्यसबाहेक पछिल्ला समसामयिक विषयमा पनि सामान्य छलफल भइहाल्छन् ।’

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८ देखि १० गतेसम्म बस्दैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा करिब २ हजार १५३ जना सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर