इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह – Nepal Press

इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयमता अपनाउन आग्रह गरेको छ ।

दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध नयाँ धम्की जारी गरेको छ । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजराइलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गरे।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भने “यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयमता अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ ।” रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजराइलको आचरणको निन्दा गरेको थियो ।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो । यद्यपि गाजा युद्धले इजराइलसँग उसको सम्बन्धलाई बिग्रिएको छ र उसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ ।

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरिएको पेसकोभले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *