शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित – Nepal Press

शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

काठमाडौं । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्शको प्रतिष्ठित इन्द्रभक्त स्मृती पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७३ औं साधारण सभाको अवसरमा आयोजित समारोहमा शारडा ग्रुपका अध्यक्ष शारडालाई सम्मानित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको कार्यक्रमा अध्यक्ष शारडा उनको योगदानको कदर गर्दै सम्मानित भएका हुन् ।

शारडा ग्रुपको नेतृत्व गर्दै अध्यक्षले नेपालमा रोजगारीको अवसर श्रृजनासँगै मुलुकको आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ ।

शिवरतन शारडाले नेपालको व्यापारिक क्षेत्रमा पुर्‍याएको वृहत योगदान तथा शारडा ग्रुपको नेतृत्व गर्दै मुलुकाको आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको प्रशंसा स्वरुप पुरस्कारबाट सम्मानित गरिएको चेम्बरले जनाएको छ । शारडा समुहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको ब्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ । निष्ठा, नविनता र गतिशिलताको प्रतिक बनेको शारडा ग्रुप दशकौँ देखि नेपालको ब्यापारिक क्षेत्रको मजबुत विम्ब बनेको छ ।

‘प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै हर्षित छु’अध्यक्ष शिवरतन शारडा । ‘शारडा ग्रुपले दशकौंदेखि गरेको सेवा र गुणस्तरको मुल्यांक हुँदा कृतज्ञ महसुस गरेको छु । हामी मुलुकको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न कटिबद्ध छौं ।’

प्रतिष्ठित उद्योगी र सामाजसेवी स्वर्गिय इन्द्रभक्त श्रेष्ठको स्मृतिमा इन्द्रभक्त स्मृती पुरस्कार नामाकरण गरिएको हो । यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुुलुकको विकासमा निभाएको भुमिकाको कदर गर्दै प्रदान गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर