एसीसी प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै – Nepal Press

एसीसी प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दैछ ।

ओमानमा आजदेखि जारी खेलनेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै एसिया कपमा पुग्ने खाेजीमा हुनेछ।

प्रतियोगिताको समूह ए मा नेपाल, मलेसिया, साउदी अरेविया, कतार र हङकङ छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत परेका छन् ।

त्यस्तै दोस्रो खेलमा शनिबार नेपालले कतारको सामना गर्नेछ। वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको‌ अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ।

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

नेपालको क्रिकेट टोली
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *