प्रधानन्यायाधीश श्रेष्ठ गृहजिल्ला डोटीमा, उच्च र जिल्ला अदालतको निरीक्षण गर्ने – Nepal Press

प्रधानन्यायाधीश श्रेष्ठ गृहजिल्ला डोटीमा, उच्च र जिल्ला अदालतको निरीक्षण गर्ने

डोटी । प्रधानन्यायाधीश विश्वम्वर श्रेष्ठ गृहजिल्ला डोटी पुगेका छन् । उनी बिहीबार राति ९ बजे डोटी पुगेका हुन् । डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ दिपायल राजपुरस्थित मुख्यमन्त्रीको अस्थायी निवासमा बस्नेछन् ।

शुक्रबार बिहान श्रेष्ठले उच्च अदालत दिपायलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । यस्तै, दिउँसो जिल्ला अदालत डोटीको निरीक्षण गर्ने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले वताए । प्रधानन्ययाधीश श्रेष्ठ वैशाख १ र २ गते नीजि कामको सिलसिलामा डोटीमै रहने कार्यतालिका रहेको उपाध्यायले जानकारी दिए ।

वैशाख २ गते नागरिकस्तरबाट प्रधानन्यायाधीशको अभिनन्दन कार्यक्रम रहेको उपाध्यायले जानकारी दिए । दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले नागरिक अभिनन्दनको नेतृत्व गर्ने बताईएको छ ।

बिहीबार श्रेष्ठले डडेल्धुरा अदालतको निरीक्षण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर