इद पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउने छ : प्रदेश प्रमुख मियाँ – Nepal Press

इद पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउने छ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) ले मुलुकमा दिगो शान्ति सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भाव सहित आर्थिक समृद्धिको प्रगतिको टेवा पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

प्रदेश प्रमुख मियाँले एक–आपसमा रहेको रिस राग बिर्सेर खुसी साटासाट गर्न पनि शुभकामना दिएका छन् ।

‘यस्ता पर्वले विभिन्न जनजाति र समुदायहरूको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण र विकासमा टेवा पुराउनुका साथै सबै प्रदेशवासीबिच सामाजिक सद्भाव सहिष्णुता र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुराउने छ भन्ने विश्वास मैले लिएको छु’ प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *