एलरोज एजुकेसनद्वारा प्रथम अवाकस च्याम्पियनसिप नेशनल कम्पिटिशन सम्पन्न – Nepal Press

एलरोज एजुकेसनद्वारा प्रथम अवाकस च्याम्पियनसिप नेशनल कम्पिटिशन सम्पन्न

काठमाडौं । एलरोज एजुकेसनको आयोजनामा प्रथम अवाकस च्याम्पियनसिप नेशनल कम्पिटिशन प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार एलरोज एजुकेसनद्वारा आयेजित प्रथम अवाकस नेशनल कम्पिटिशन प्रतियोगिता काठमाडौमा सम्पन्न गरिएको हो ।

विद्यार्थीहरूबीचको क्षमता अभिवृद्धि सँगसँगै विद्यार्थी भित्रको क्षमतालाई अभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरिएको एलरोज एजुकेसनका सञ्चालक अध्यक्ष लिरा पोख्रेलले बताए । १५० जना सहभागी प्रतियोगितामा विभिन्न तहगत रूपमा पुरस्कार हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा च्याम्पियन अफ दी च्याम्पियन सर्वोत्कृष्ट दीप्सन श्रेष्ठ भए भने उत्कृष्ट प्रतियोगी दी च्याम्पियन शब्दास नेपाल भएका थिए । त्यस्तै, फस्ट रनर अपका रूपमा तयामी खालिङ राई, सेकेन्ड रनरअप सनया पोदार र थड रनरअपमा सरल थपलिया भए ।

विद्यार्थीहरूको वैचारिक एवं दृष्टिगत परिवर्तनका लागि अवाकस कोर्सले निकै महत्त्वपूर्ण भुमिका खोल्ने बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठ्ठाराम अधिकारीले बताए । प्रतियोगिता आफैंमा अगाडि बढ्ने र आफूभित्र रहेको क्षमता प्रस्तुत गर्ने माध्यम भएको अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर