विश्वका ५०० जना डलरे अर्बपतिको सूचीबाट बाहिरिए ट्रम्प – Nepal Press

विश्वका ५०० जना डलरे अर्बपतिको सूचीबाट बाहिरिए ट्रम्प

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विश्वका पहिलोस्तरका ५०० जना अर्बपतिको सूचीबाट बाहिरिएका छन् ।

ब्लुमबर्गले निकालेको पछिल्लो तथ्यांकअनुसार शेयर बजारमा कमजोर प्रस्तुति भएसँगै उनी ५०० जना अर्बपतिहरुको सूचीबाट बाहिरिएका हुन् ।

ट्रम्प मिडिया नामको उनको मिडिया कम्पनीको कमजोर प्रस्तुति भएसँगै उनी सूचीबाट बाहिरिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार उनको अबको धनदौलत ५ अर्ब ८० करोड डलर छ । जुन विश्वका शीर्ष ५०० डलरका अर्बपतिहरुको भन्दा कम हो । अहिले उनी विश्वको ६५२ औँ धनीको रुपमा मात्रै सूचीकरणमा परेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर