काठमाडौंमा वायु प्रदुषणविरुद्ध लड्न माइडिया ब्रान्डको एयर प्युरिफायर – Nepal Press

काठमाडौंमा वायु प्रदुषणविरुद्ध लड्न माइडिया ब्रान्डको एयर प्युरिफायर

काठमाडौं । हाल काठमाडौँमा भइरहेको वायु प्रदुषणविरुद्ध लड्न एयर प्युरिफायर अत्यन्त प्रभाबकरी हुने विषेशज्ञहरुले बताएका छन् ।

विश्वको सबैभन्दा बढी वायु प्रदुषित शहरको सूचीमा परेको समाचार आइरहेका बेला प्युरिफायरले केही समाधान दिने दाबी गरिएको छ ।

वायुको प्रदुषणले मानव जीवनमा श्वास प्रश्वासमा समस्या, रुघाखोकी, निमोनिया अस्थामा, न्यूरोलोजिकल समस्याहरु, गर्भ अवस्थामा हुने विभिन्न रोगहरु साथै क्यान्सरको पनि सम्भावना हुन्छ । एलर्जी र दम लक्षणहरू, आरामदायी निद्रा, समग्र स्वास्थ्य, सजिलो सास फेर्न समस्या हुने यी तत्काल देखिने परिवर्तन हुन् भने प्रदुषित वायुबाट हुने विभिन्न रोगहरुबाट पनि बच्न प्युरिफायरले सहयाेग गर्न सक्छ ।

विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरु, दीर्घरोगी र इम्युनिटी पावर कम भएका मानिसहरुमा वायु प्रदुषणका कारण गम्भीर स्वास्थ्य जटिलताको जोखिममा हुन्छ ।

माइडिया ब्राण्डका प्युरिफायरले धुलो, धुवाँ र पीएम २.५ कण जस्ता हानिकारक प्रदूषकहरूले स्वास्थ्यमा हुने चुनौतीहरूबाट माइडिया एयर प्युरिफायरले सफा तथा स्वस्थ हावा सुनिश्चित गर्दै, ९९.९७ सम्म वायुजन्य प्रदूषकहरू सोस्न उन्नत हेपा फिल्टरहरू प्रयोग गरेर ताजा प्रदान गर्ने जनाएको छ ।

माइडिया एयर प्युरिफायर किन रोज्ने ?

प्रभावकारी प्युरिफाइः हेपा फिल्टरहरूले पीएम २.५ कणहरू, धुलो, एलर्जीहरू, र केही ब्याक्टेरिया र भाइरसहरू समेत तपाईंको र तपाईंको परिवारको स्वास्थ्यलाई सुरक्षित राख्दै वायुजन्य प्रदुषकहरूलाई हटाउँछ ।

प्युरिफाइका चरणहरूः माइडिया एयर प्युरिफायरमा ५ लेयर फिल्टरहरूको कम्बिनेसन रहेको छ प्रि–फिल्टर, एक्टीभेटेड, कार्बन फिल्टर, ज्भ्एब् फिल्टर, एन्टी ब्याक्टेरियल फिल्टर, नाइलन मेस फिल्टर रहेका छन् जसले हावा गर्दछ ।

साइलेन्ट मोडः ध्वनि प्रदुषण बिना स्वस्थ हावाको आनन्द लिनुहोस्. माइडिया एयर प्युरिफायरहरू अत्यन्त शान्त स्तरहरूमा काम गर्छन् ।

प्रभावकारी कार्यसम्पादनः ऊर्जा दक्षताका लागि डिजाइन गरिएको, माइडिया एयर प्युरिफायरहरूले निरन्तर स्वच्छ हावा सुनिश्चित गर्दै बिजुलीको बिलहरू बचत गर्न मद्दत गर्दछ । साथै माइडिया एयर प्युरिफायरले अटोमेटिक पोलुसन लेवल डिटेक्टगरेर अवास्क्यता आनुसार आफ्नो कार्यक्षमता पनि परिवर्तन गर्दछ ।

नेपालमा घरायसी सामग्रीहरु वितरणमा सबैभन्दा भरपर्दो नामको रूपमा, चौधरी समूहले आफ्नो बृहत् नेटवर्क मार्फत माइडिया एयर प्युरिफायर को व्यापक उपलब्धत गराइरहेको छ ।

साथै माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान (पंखा) जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर