असान्जको मुद्धा फिर्ता लिने अमेरिकी राष्ट्रपतिको संकेत, अस्ट्रेलियाको स्वागत – Nepal Press

असान्जको मुद्धा फिर्ता लिने अमेरिकी राष्ट्रपतिको संकेत, अस्ट्रेलियाको स्वागत

काठमाडौं । अमेरिकाले गरेको युद्ध अपराधका फाइल तथा अरु विभिन्न गोप्य दस्तावेजहरु सन २०१० मा तारन्तार सार्वजनिक गर्ने विकिलिक्सका संस्थापक जुलियन असान्जमाथीका मुद्धा फिर्ता गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले संकेत गरेका छन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार अस्ट्रेलियाले मुद्धा फिर्ता लिन आग्रह गरेसँगै पाँच वर्ष देखि बेलायती थुनामा रहेको असान्जको मुद्धा फिर्ता गर्ने बारेमा बाइडेन सकरात्मक भएका हुन् । यसबारेमा बाइडेनले बुधबार सार्वजनिक प्रतिकृया दिएका हुन् । ५२ वर्षका असान्ज अस्ट्रेलियाली नागरिक हुन् ।

अमेरिकाले उनलाई १७ वटा गोपनियता चुहाएको मुद्धा जाहेर गरेको छ । मुद्धामा उनी दोषी प्रमाणित भएको खण्डमा १७५ वर्ष जेल सजाय हुनसक्ने बताइन्छ । गत मार्च मै बेलायतबाट अमेरिकामा सुपुर्दगि गर्न लागिएका थिए असान्ज । तर, बेलायती उच्च अदालतले उनलाई मृत्युदण्ड नहुने प्रत्याभूति गरेर मात्रै त्यस्तो गर्न सकिने फैसला गरेर सुपुर्दगि रोकिएको थियो ।

बाइडेनको अभिव्यक्तिमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बोनजले उत्साह भएको बताएका छन् । उनले असान्जले पाउनुपर्ने जत्ति पाइसकेको र अब अरु थप सजाय अनावस्यक भएको भन्दै यो मुद्धाको अन्त्य गर्नुपर्ने सार्वजनिक प्रतिकृया दिएका छन् । गोप्य कुरा चुहावटमा अमेरिकाले अमेरिकी नागरिक तथा अस्ट्रेलियाली नागरिकमा विभेद गरेको अस्ट्रेलियाले दुःखेसो गर्दै आएको छ । अमेरिकी सैन्य गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई ३५ वर्ष सजाय तोकिएको तर सन २०१७ मै उनी रिहाई भएको तर असान्जलाई १७५ वर्षको कुरा निकालिएकोमा अस्ट्रेलिया बेखुस छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर