अमेरिकी मिडिया भन्छन्- आगामी ४८ घण्टाभित्र इरानले इजरायलमा हमला गर्छ – Nepal Press

अमेरिकी मिडिया भन्छन्- आगामी ४८ घण्टाभित्र इरानले इजरायलमा हमला गर्छ

काठमाडौं । इरानले २४ देखि ४८ घण्टा भित्र इजरायलमा हमला गर्ने अमेरिकी अखबार ब्लुमबर्गले जानकारी दिएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार सिरियाको दमास्कसमा भएको इरानी महावाणिज्य दूतावासमा गत अप्रिल १ मा भएको हमलाको प्रतिकारणमा इरानले हमला गर्ने समाचार बुधवार आएको हो ।

मुस्लिमहरूले इद उल फितर मनाइरहेको समयमा इरानी सर्वोच्च नेता तयोतल्ला अलि खामिनीले यस्तो बताएको बताइएको छ ।

आसन्न इरानी हमलाबारेमा अमेरिकाले इजरायललाई गुप्तचर सहयोग गरिरहेको बताइएको छ ।

बुधवार नै इजरायली परराष्ट्रमन्त्रीले प्रतिक्रिया दिँदै इरानी भूमिबाट इजरायलमा हमला भएमा त्यसको सही प्रतिकार गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *