मस्जिदमा ईद मुबारक (तस्बिरहरु/भिडिओ) – Nepal Press

मस्जिदमा ईद मुबारक (तस्बिरहरु/भिडिओ)

काठमाडौं । मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट गरेर मनाइरहेका छन् ।

१ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाइरहेका छन् । ईदको अवसरमा बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठूलो संख्यामा इस्लाम धर्मावलम्बीहरु पुगेर नमाज पाठमा सहभागी भएका छन्। ठाउँ नपाएर कतिपय बाहिरै बसेर प्राथना गरेका छन् ।

देशभरका मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ । उनीहरुले आपसमा अंगालो हाल्दै इद मुबारकको शुभकामना दिइरहेका छन् ।

अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । ब्रतको अन्तिम दिन बुधबार चन्द्रमा नदेखिएकाले इद’ बिहीबार मनाएका हुन् ।

यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । आजको दिन व्रतालुले एक महिना लामो कठिन व्रत समापनको अवसरमा नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरी दीनदुःखीका लागि दान गर्ने गर्दछन्।

इद उलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *