घर नजिकैको खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु – Nepal Press

घर नजिकैको खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं १० पटनाको बनगवा गाउँमा खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर