जजिराले भैरहवामा पुनः उडानका लागि राख्यो शर्त – Nepal Press

जजिराले भैरहवामा पुनः उडानका लागि राख्यो शर्त

रूपन्देही । २०७९ जेठ २ गते रूपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा सुरू गरेर बीचमा सेवा रोकेको जजिरा एयरवेज पुनः उडान गर्न इच्छुक भएको छ । तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेसँगै जजिरा एयरवेजले उडान थालेको केही महिनादेखि उडान रोकेको छ।

तर जजिराले यसको लागि टिकट विक्री करमा छुट हुनुपर्ने प्रस्ताव गरेको छ। हवाइ इन्धनमा पनि सहुलियत दिन उसको माग छ।
दुबैमा सहुलियत पाएमा विज एयरले पनि भैरहवाबाट उडान गर्न खोजेको छ।

जजिरा र विज एयरले सहुलियत दिएमा उडान गर्न सक्छौं भन्ने आसयपत्र नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाएका छन्। तर यस बारेमा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ।

नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक जगननाथ निरौलाले टिकट विक्री कर र इन्धनमा सहुलियतको लागि सञ्चालक समितिबाट निर्णय गरेर मन्त्रिपरिषदमा पठाउने जानकारी दिए।

‘उनीहरुले भैरहवाको लागि काठमाडौँ बराबरको शुल्क लिन भएन भन्ने माग छ। हामीले सञ्चालक समितिबाट प्रशासनिक प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदमा पठाउँछौं।’ उनले भने ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना पनि भएको हुनाले नेपाल सरकारबाट सहुलियत सम्बन्धी निर्णय हुन्छ भन्नेमा आशावादी छौं।’

उपमहानिर्देशक निरौलाले सरकारले निर्णय गर्ने वित्तिकै वायुसेवा कम्पनीको सञ्चालन लागतमा कमि आउने र अरु विमान कम्पनी पनि भैरहवामा आकर्षित हुने उल्लेख गरे। गौतम बुद्ध अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष हुन लाग्दा पनि नियमित सञ्चालन हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *