एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का निर्वाचित, पदाधिकारीमा को-को ? – Nepal Press

एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का निर्वाचित, पदाधिकारीमा को-को ?

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्लाको अध्यक्षमा जीबी खड्का निर्वाचित भएका छन् । बुधबार सम्पन्न दशौं अधिवेशनबाट उनी संविधानसभा सदस्य हर्कबोल राईलाई १३मतले पराजित गर्दै जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन ।

राईलाई एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो भने खड्कालाई स्थायी कमिटी सदस्य शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेता अम्बिरबाबु गुरुङलगायतको समर्थन थियो । राई र खड्का दुवैजना प्यानलसहित मैदानमा थिए । राईको प्यानलबाट उपसचिव अस्मिता थापा मात्र निर्वाचित भएकी छन् ।

लिखु गाउँपालिका उपाध्यक्षसमेत रहेकी थापाले सर्वाधिक मत पाइन् । बाँकी तीन पदाधिकारी उपाध्यक्षमा कमल न्यौपाने, सचिव अशोक थापा र उपसचिव राजीव कटवाल जीबी खड्का प्यानलबाट जितेका छन् । अधिवेशनको उद्घाटन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।

अध्यक्षमा जिबी खड्काले १४४ मतका साथ विजयी भएकोमा पराजित हर्कबोलले १३१ मत पाएका छन् । उपाध्यक्षमा न्यौपानेले १८२ मत पाएर बिजयी हुँदा झम्कहरी बडालले ८७ मत पाएका छन् । त्यस्तै सचिवमा अशोक थापा १५२ मतका साथ बिजयी हुँदा टंक गिरीले ११३ मत पाएका छन् भने उपसचिवमा अस्मिता थापाले १७४ मतका साथ बिजयी हुँदा रमिला मगरले ९८ मत पाएकी छन् । त्यस्तै अर्का उपसचिव राजीव कटवालले १३८ मत पाएर बिजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर