दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोबले जिते मुद्दा – Nepal Press

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोबले जिते मुद्दा

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले चुनावमा लड्न पाउने गरी मुद्दा जितेका छन् । ८१ वर्षका जुमालाई अफ्रिकी राष्ट्रिय कंग्रेसले चुनावमा लड्न नपाउनेगरी प्रतिबन्ध लाएको थियो ।

तर, देशको निर्वाचन अदालतले मंगलबार उनको प्रतिबन्ध फुकुवा गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार जुमाले आगामी मे २९ मा हुने राष्ट्रिय चुनावमा उम्मेदवारी दिने भएका छन् ।

सत्ताधारी कंग्रेसबाट अलग भएका उनी विपक्षी गठबन्धन एमकेमा जोडिएर उम्मेदवार बन्ने भएका छन् । सन् २००९ देखि ९ वर्ष राष्ट्रपति भएका जुमालाई सन् २०२१ मा भ्रष्टाचार मुद्दा लागेको थियो । उनी १५ महिना जेलमा पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर