भोलि सार्वजनिक बिदा – Nepal Press

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगको सिफारिसअनुसार गृहमन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो ।

मुस्लिम आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गर्दै चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम (ब्रत, उपसना) बुधबार पूरा हुने भन्दै बिहीबार सार्वजनिक बिदाको अनुरोध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर