अर्घाखाँचीमा कार दुर्घटना हुँदा बालकको मृत्यु- चालक, श्रीमती र छोरीसहित ७ जना घाइते – Nepal Press

अर्घाखाँचीमा कार दुर्घटना हुँदा बालकको मृत्यु- चालक, श्रीमती र छोरीसहित ७ जना घाइते

रूपन्देही । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग.३ च ४५७४ नम्बरको कार बुधबार पाणिनी गाउँपालिका-८ कोलडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ ।

घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत छन् ।

घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर