कांग्रेसलाई एमालेको जवाफ- सहकारीको समस्या विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय होइन (भिडिओ) – Nepal Press

कांग्रेसलाई एमालेको जवाफ- सहकारीको समस्या विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय होइन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको मुद्दा अदालतमा विचाराधीन भएकाले सदनमा बहस गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दा सरकारी समस्याको कुनै व्यक्ति केन्द्रित गरेर गर्न नहुने बताए।

उनले भने- सहकारीको विषयमा व्यक्ति केन्द्रित गरेर, सूर्य दर्शन सहकारीको विषय कास्कीको जिल्ला अदालतमा विचाराधीन विषय हो। अदालतमा विचाराधीन मुद्दा संविधान बमोजिम यहाँ बहस गर्नहुन्न भन्ने कुरा सबैलाई थाहा छ। तर, हामीले यो विषय हामीले थाहा पाइकन पनि उठाइरहेका छौँ। हामी सहकारीको विषयमा छलफल गरेर निष्कर्षमा पुग्नको लागि होइन। यो विषयमा हामी प्रतिपक्षमा हुँदा पनि कुरा उठाएका थियौँ अहिले पनि उठाउँछौँ। म भन्न चाहन्छु यो विषय विपक्षमा बस्दा जाग्ने, सत्तामा हुँदा निदाउने विषय होइन।

उनले सहकारीबाट एक जना पनि ठगिन हुन्न भन्ने कुराको सुनिश्चितताको सरकार र सदनले सुनिश्चित गर्नुपर्ने ल्याकत राख्नुपर्ने बताए। उनले सहकारीको विषय उठाएर कांग्रेसले सत्ता गठबन्धन भ्वाङ पार्न रोदन गरेको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर