विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल – Nepal Press

विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगीकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले देश औद्योगीकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको बताए ।

उनले देशका राष्ट्रिय उद्योग धन्दाहरूलाई विकास गर्न सक्नुपर्ने बताए । उनले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको बताए । विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताए ।

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्न सके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिन सक्ने बताए । उनले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरू पनि बन्द हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर