भारतकाे बेतालघाट दुर्घटनामा मृत्यु हुने ७ मध्ये ६ जना बाँके र १ जना बर्दियाका – Nepal Press

भारतकाे बेतालघाट दुर्घटनामा मृत्यु हुने ७ मध्ये ६ जना बाँके र १ जना बर्दियाका

रुपन्देही । भारतको बेतालघाट नजिकै भएको सडक दुर्घटनामा परेर मृत्यु भएका ७ जनामध्ये लुम्बिनी प्रदेशको बाँकेका ६ जना र १ जना बर्दिया जिल्लाका रहेका छन् ।

भारतको नैनीतालस्थित खानेपानी आयोजनामा पाइप बिछ्याउने मजदुरी गरेर घर फर्कने क्रममा सडक दुर्घटनामा परी उनीहरु चढेको बोलेरो जीप दुर्घटनामा परेको हो ।

सोमबार राति भएको सडक दुर्घटनामा बैजनाथ गाउँपालिका वडा नं ८ फत्तेपुर टिटिहिरियाका ४५ वर्षीय धिरज थारु, ५५ वर्षीय उदयराम थारु, ५० वर्षीय विश्राम थारु, सोही वडाको थपुवा गाउँका ५१ वर्षीय तिलकराम थारु, ४२ वर्षीय अन्तराम थारु, ४२ वर्षीय बिनोद थारुको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दैै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

सोही घटनामा परेर बाँके बैजनाथ ८ थपुवाकै ४२ वर्षीया शान्ति भन्ने लौटी थारु र दशरथ थारु गम्भीर घाइते भएका छन् । बेतालघाटबाट टनकपुर हुँदै नेपाल फर्कने क्रममा भएको सडक दुर्घटना सोमबार रातिको भए पनि मंगलबार दिउँसो मात्र जानकारीमा आएको थियो ।

प्रजिअ पोखरेलले घटनाको जानकारी आउनेबित्तिकै प्रहरी परिचालित गरी यकिन पत्ता लगाउने काम भईरहेको बताए । घटनाको जानकारी पाउने वित्तिकै फत्तेपुर र थपुवा गाउँ शोकमा डुवेको छ ।

यसैगरी सोही घटनामा बर्दियाका ६० वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको र हर्क दमाई र प्रेम बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *