इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस – Nepal Press

इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस

काठमाडौं । चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक विदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (बर्त) बसिसकेको र बुधबार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि सिफारिस गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार बुधबार साँझ चन्द्रमा देखिएको भए बुधबार सार्वजनिक विदा दिनका लागि सिफारिस गर्ने तयारी थियो । तर, बुधबार साँझ मुलुकभर कहि कतै पनि चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि मन्त्रालयलाई सिफारिस गरिएको अध्यक्ष मियाँले बताए ।

सरकारले यस अघि नै आगामी वर्ष २०८१ सालका लागि सार्वजनिक विदा दिने निर्णय गर्दा इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । सम्बन्धित समुदायको सिफारिस गरेको दिनमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिदैँ आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *