गृहमन्त्री लामिछाने जनकपुरधाममा – Nepal Press

गृहमन्त्री लामिछाने जनकपुरधाममा

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् ।

केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् ।

बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरुसँग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ ।

यस्तै दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसंग भेटघाट गर्ने पनि बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर