लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् । उनी शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

मुख्यमन्त्री र ३ विनाविभागीय मन्त्रीले आइतबार शपथ लिएका हुन् । मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद बिस्तार र मन्त्रीहरुको कार्यविभाजन गर्ने तयारी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर