समग्र प्रविधिका समस्या समाधान गर्ने स्थान बनाउँदैछौं : सीईओ सुशील भट्ट – Nepal Press

समग्र प्रविधिका समस्या समाधान गर्ने स्थान बनाउँदैछौं : सीईओ सुशील भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले प्रविधि क्षेत्रका समस्या समाधान गर्ने स्थान बनाउन लागेको बताएका छन् ।

मंगलबार प्रविधि पत्रकार मञ्च(टीजेएफ) द्वारा आयोजित ‘नेपालको दुरसचार क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टले समग्र आइटी क्षेत्रका समस्यालई सम्बोन गर्ने गरि स्थान बनाउने तयारी गरिरहेका बताएका हुन् ।

सीईओ भट्टले आउँदै गरेको तेस्रो लगानी सम्मेलनमाफर्त पनि प्रविधि क्षेत्रमा लागनी भित्र्याउने तयारी गरिएको बताए ।

‘हामीले सधै ‘बी–टु–बी’ फेमर्वक र पब्लिक टुगेदरनेशको ग्यारेन्टीको कुरालाई जोड दिँदै आएका छौं । नेपाल सधैं निजी लगानीका लागि लिब्रल रहेको छ । अहिले हामीले युवाहरूलाई आइटी सेक्टरमा इनकरेज गर्नुपर्छ’, उनले भने, ‘सफ्टवेयर तथा टेक्नोलोजी जस्ता स्टार्टअपमा जोड दिनुपर्ने समय हो । नेपालले गर्न लागेको तेस्रो लगानी सम्मेलनबाट पनि प्रविधि क्षेत्रमा लगानी भित्र्याउने छौं भने डिजिटल प्लेटफर्महरुमा हामीले अध्ययन गरेका छौं । अब आइटी क्षेत्रका समस्याहरुलई सम्बोधन गर्ने गरी हामी स्थान बनाउने तयारी गरिरहेका छौ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *