सत्ता पक्ष र कांग्रेसले आ-आफ्नो अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित – Nepal Press

सत्ता पक्ष र कांग्रेसले आ-आफ्नो अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, अहिलेसम्म कुरा मिल्न सकेन।

सरकार समिति गठन गर्ने पक्षमा छैन। कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर