राप्रपा जुलुस निषेधित क्षेत्र तोडेर सिंहदरबार नजिक पुग्यो, प्रहरीको लाठीचार्जमा एक प्रदर्शनकारी गम्भीर घाइते – Nepal Press

राप्रपा जुलुस निषेधित क्षेत्र तोडेर सिंहदरबार नजिक पुग्यो, प्रहरीको लाठीचार्जमा एक प्रदर्शनकारी गम्भीर घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको छ । प्रहरीको अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकनजिक पुगेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गरेको जुलुसले राजसंस्थाको पक्षमा नाराबाजी गर्दै अघि बढेको छ । त्यसक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए । प्रहरीको बल प्रयोगपछि जुलुस तितरबितर भएको छ ।

प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रहरीले लाठी हान्दा झापाका चक्र फुँयाल गम्भीर घाइते भएका हुन् । अन्य केही प्रदर्शनकारी पनि घाइते भएको उनले बताए । प्रदर्शनलाई जारी राख्ने उनको भनाइ छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर