भेपको गम्भीर स्वास्थ्य चुनौती र स्वास्थ्य क्षेत्रको जनशक्ति पलायनबारे ह्याम्सको संवाद श्रृंखला – Nepal Press

भेपको गम्भीर स्वास्थ्य चुनौती र स्वास्थ्य क्षेत्रको जनशक्ति पलायनबारे ह्याम्सको संवाद श्रृंखला

काठमाडौं । विद्युतीय चुरोट (भेप)का कारण युवा तथा किशोर किशोरीको स्वास्थ्यमा गम्भीर असर देखिन थालेको बेला ह्याम्स अस्पतालले सामाजिक हितको लागि वृहत् छलफल गर्ने भएको छ ।

भेपको लतले युवा पुस्तामा स्वास्थ्यका विभिन्न समस्या देखिएको रिपोर्टसहित ह्याम्सले सरोकारावालाहरुबीच बहस चलाउन लागेको हो ।

वृहत् सामाजिक हितको लागि ह्याम्सको पहलस्वरुप स्वास्थ्य सबैको सरोकार विषयमा संवाद शृङ्खला चलाउन लागिएको अध्यक्ष रामशरण भण्डारीले बताए ।

चैत ३० गते आयोजना हुने संवाद शृङ्खलामा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव समेत सहभागी हुनेछन् । सो संवाद शृङ्खलामा डा रक्षा पाण्डे र डा राजु पंगेनीले इ सिगरेटको समस्या र यसले पारेका असरका बारेमा प्रस्तुति दिनेछन् ।

सो संवादमा एमाले सांसद महेश बर्तौला, कांग्रेसका प्रदीप पौडेल, माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका मनिष झाझासहित विज्ञहरुले प्यानल संवाद गर्ने ह्याम्सले जनाएको छ ।

त्यस्तै बढ्दो गम्भीर स्वास्थ्य चुनौतीका बारेमा डा. भगवान कोइरालाले प्रस्तुति दिनेछन् ।

इ सिगरेट (भेप) को विकराल अवस्थाबारे थप जान्न नेपाल प्रेसको यो समाचार लिंकभित्र जानुहोस् ।

तीनवटा सत्रमा आयोजना हुने कार्यक्रममा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतिहरु विषयमा डा.भगवान कोइरालाले विशेष प्रस्तुति दिने भएका छन् ।

सो संवादको प्यानल छलफलमा गगन थापा,योगेश भट्टराई,देवेन्द्र पौडेल,डा.चन्दा कार्कीलगायतले भाग लिनेछन् ।

नेपालको स्वास्थ्य क्षेत्रबाट जनशत्तिःको बढ्दो पलायन रोक्ने विषयमा छलफल गरी राज्यलाई आवश्यक नीति बनाउन सुझाव दिइने ह्याम्सका अध्यक्ष भण्डारीले बताए ।

नेपालको गम्भीर स्वास्थ्य समस्या,इ सिगरेटका कारण भइरहेको समस्या र जनशक्ति उत्पादन तथा पलायनका चुनौतिबारे आयोजना हुने संवाद श्रृंखलाले सरकारलाई नीति निर्माणमा सघाउने उनले बताए ।

ह्याम्सको यो नयाँ संवाद श्रृंखलाको प्रमुख अतिथी स्वास्थ्य मन्त्री यादव हुने उनले बताए । राज्यलाई नीति निर्माणमा सघाउन यस्ता संवाद आवश्यक रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर