नाउपा संसदीय दलको नेताबाट हटाइएका चाैधरीलाई लिएर कांग्रेस पुग्यो सभामुख कक्षमा – Nepal Press

नाउपा संसदीय दलको नेताबाट हटाइएका चाैधरीलाई लिएर कांग्रेस पुग्यो सभामुख कक्षमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुख भीम भण्डारीलाई भेटेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे सभामुख भण्डारीलाई कांग्रेस र नाउका सांसदले छलफल गर्न पुगेका हुन् ।

कांग्रेस प्रमुख सचेतक विक्रम धामीको नेतृत्वमा कांग्रेसका केही नेता र नाउपका संसदीय दलका नेता घनश्याम चौधरीको टोली सभामुख भण्डारीलाई भेट्न पुगेका हुन् ।

घनश्याम चौधरीलाई हिजै अध्यक्ष रन्जिता श्रेष्ठले दलको नेता बर्खास्त गरेकी थिइन् । नाउपाकै एक सांसद इन्दिरा गिरी पनि हिजो पदमुक्त भएको छन् । आज दुवै जना सभामुख कक्षमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *