नयाँ वर्षमा पिज्जा हटले ‘मेल्ट्स’ लन्च गर्‍यो – Nepal Press

नयाँ वर्षमा पिज्जा हटले ‘मेल्ट्स’ लन्च गर्‍यो

काठमाडौं । पिज्जा हटले नयाँ वर्ष २०८१ को लागि ‘मेल्ट्स लन्च’ गरेको छ । ३९९ रुपैयाँबाट सुरु हुने मेल्ट्समा स्वादपूर्ण फिलिंग्सले भरिएको पातलो र क्रिस्पी क्रस्ट, पग्लिएको १००% मोजारेला चीज, स्वादिलो सस, फोल्ड गरी बेक गरिएको बटरी ग्लेज र मसला स्प्रिंकलहरू छन्।

क्रिस्पी, चीजी र लोडेड, मेल्ट्सले छ वटा स्वादिलो भेरियन्टहरू भेज बारबिक्यु, चिकेन बारबिक्यु, चिजी चिज, चिजी चिज चिकेन, म्याजिकल मखनी पनिर, चिकेन टिक्का र किमा सुप्रीम प्रदान गरेको छ ।

मेल्ट्स एक स्वादिलो र सन्तोषजनक मिल हो र ग्राहकहरूको अन-द-गो लाइफ़स्टाइलको लागि यो उत्तम छ। ग्राहकहरू आफ्नो नजिकैको पिज्जा हटमा गई डाईन-इन र टेक-अवे अनुभव गर्न सक्छन र साथै कुनै पनि डेलिभरी एग्रिगेटरद्वारा घरमै डेलिभरी मगाउन पनि सक्छन्।

साथै, पिज्जा हटले मेल्ट्सको आकर्षक कम्बो, जस्तै मेल्ट्स मिल फर वान र थ्री-कोर्सर मिल फर टू पनि उपलब्ध छ ।

नयाँ वर्ष २०८१ मनाउन, पिज्जा हट मेल्ट्सको शुभारम्भ र नेपालमा ब्रान्डको उपस्थितिलाई थप वृद्धि गर्न, पिज्जा हट नेपालले सन्दीप क्षेत्रीलाई आफ्नो आधिकारिक ब्रान्ड अम्बासेडरको रूपमा घोषणा गर्न पाउँदा गर्व गर्दछ। नेपाली मनोरञ्जनका प्रिय व्यक्तित्व सन्दीप क्षेत्रीले पिज्जा हट परिवारमा आफ्नो आकर्षण, बुद्धि र जोश ल्याउँछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर