अल हिलाल साउदी सुपर कपको फाइनलमा, रोनाल्डोलाई रेड कार्ड – Nepal Press

अल हिलाल साउदी सुपर कपको फाइनलमा, रोनाल्डोलाई रेड कार्ड

काठमाडौं । अल नासरलाई पराजित गर्दै अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ।

गए राति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक-एक गोल गरेका थिए। त्यस्तै, अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए।

खेलमा अल नासरका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन् । उनले ८६ औँ मिनेटमा रेड कार्ड पाएपछि नासार १० खेलाडीमा सीमित भएको थियो ।

फाइनल खेल अप्रिल ११ मा हुने छ। फाइनलमा हिलाल विरुद्ध अल इत्तिहाद खेल्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *