नेपाली कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ चयन – Nepal Press

नेपाली कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ चयन

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए ।

उनी झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि संसदीय दलका प्रमुख सचेतक रहेका भूपेन्द्र राईले पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर