गगन थापा र कृष्ण सिटौला बालुवाटारमा, सदन अवरोध खोल्ने उपायबारे छलफल – Nepal Press

गगन थापा र कृष्ण सिटौला बालुवाटारमा, सदन अवरोध खोल्ने उपायबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण प्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । गठबन्धन टुटे लगत्तै पनि दुई नेता बालुवाटार गएका थिए ।

सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न प्रधानमन्त्रीले नेताहरूलाई बोलाएर गएको बताइएको छ ।

बालुवाटारमै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको छ ।

सभामुख घिमिरे आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम थियो । तर सदनमा देखिएको अवरोध अन्त्यका लागि पहल गर्न उनले झापा जाने कार्यक्रम रद्द गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर