विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय – Nepal Press

विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । कार्यसमितिको बैठक संसदीय दलको बैठकअघि बसेको थियो । ७६ वर्षीया विष्णुमाया गत माघमा बागमतीमा महिला क्लष्टरबाट राष्ट्रियसभामा विजयी भएकी थिइन् ।

२०३३ सालमा पद्मकन्या क्याम्पसमा नेविसंघमा आबद्ध गाउँ फर्क अभियानको क्रममा पार्टीबाट काठमाडौंको तत्काली भद्रबास गाविस—९ मा वडाध्यक्ष  बनिन् ।

त्यसपछि उनी २०४९ सालमा तत्कालीन भद्रबास गाविसको अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर