नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने – Nepal Press

नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी-२० सिरिज खेल्ने भएको छ ।

एसीसी प्रीमियर कप खेलेर फर्किएपछि नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग ५ खेलको टी-२० सिरिज खेल्न लागेको हो ।

प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा हुँदैछ । त्यसपछि टोली स्वदेश फर्किनेछ । वेस्टइन्डिज ‘ए’ सँग नेपालले अप्रिल २५ देखि मे ५ सम्म ५ टी-२० खेल खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर