बेलायती धावकले दौडेर ३५२ दिनमा पार गरे अफ्रिका महादेश – Nepal Press

बेलायती धावकले दौडेर ३५२ दिनमा पार गरे अफ्रिका महादेश

काठमाडौं । बेलायतका धावक रस कुकले ३५२ मा अफ्रिकी महादेश दौडेर वारपार गरेका छन् । उनले अफ्रिकाको पश्चिमी तटको सबैभन्दा मुनिबाट सबैभन्दा माथिको भागसम्म वारपार गरेका हुन् ।

अफ्रिकाभर पूरा दौडने उनी प्रथम धावकसमेत बनेका छन् । उनले दक्षिण अफ्रिकाको समुद्रमा जोडिएको लागुल्हास गाउँबाट दौड सुरु गरेका थिए । ट्युनिसियाको रास एङ्गेलमा पुगेर आइतबार उनले अफ्रिका दौड पूरा गरेका छन् ।

अफ्रिकाको सबैभन्दा दक्षिणी र सबैभन्दा उत्तरी विन्दु उनले दौडेर पार गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार यस क्रममा उनले १६ देश छिचोले, १६ हजार किलोमिटर दौडे ।

यस क्रममा उनले आफ्नो परोपकारी कामको लागि ८ लाख ७० हजार अमेरिकी डलर संकलन गरेका छन् । उनी घरबारविहीनको लागि काम गर्ने परोपकारी संस्थाका हर्ताकर्ता पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर