रुपन्देहीको सैनामैनामा ८ वर्षीय बालकको खोलामा डुबेर मृत्यु – Nepal Press

रुपन्देहीको सैनामैनामा ८ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ रामवस्ती बस्ने मोहन भुसालका ८ वर्षका छोरा आयुस भुसालको खोलामा डुबेर मृत्यु भएको छ ।

घरदेखि २ सय ५० मिटर उत्तरमा रहेको ईगरिया खोलामा बालकको शव फेला परेको सालझण्डी प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ ६ बजेदेखि बच्चा हराएपछि घर परिवारले स्थानीय र प्रहरीलाई खोजी गर्न अनुरोध गरेका थिए । आफन्त, स्थानीय र प्रहरीले ईंगरिया नदीमा बालकको शव फेला पारेका थिए ।

हिले बालकको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । बच्चाको मानसिक अवस्था कमजोर भएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *