पूर्वमन्त्री खान चढेको कार दुर्घटना – Nepal Press

पूर्वमन्त्री खान चढेको कार दुर्घटना

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ लगिएको छ । उनीसँग गाडीमा को-को थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

खानका निजी सचिव अस्मिर खानका अनुसार गाडीमा सवार छ जना सबै घाइते भए पनि खतरामुक्त रहेका छन् ।

काठमाडौंबाट बर्दिया जाने क्रममा धादिङको कृष्णभीरमा गाडी ठोक्किएको हो ।

सांसद खानको हात तथा टाउकोमा चोट लागेको छ । उनीहरूलाई एम्बुलेन्सबाट काठमाडौं ट्रमा सेन्टर लगिँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *