थेग्नै नसकिने आप्रवासन बढेपछि भिसामा न्यूजिल्याण्डले कडाइ गर्ने – Nepal Press

थेग्नै नसकिने आप्रवासन बढेपछि भिसामा न्यूजिल्याण्डले कडाइ गर्ने

काठमाडौं । न्यूजिल्याण्डका अन्तर्राष्ट्रिय आप्रवासनको चाप थाम्नै नसकिने तहमा पुगेको भन्दै अब भिसामा कडाइ गरिने सरकारी अधिकारीहरूले बताएका छन् ।

बीबीसीका अनुसार अब अल्पदक्ष कामदारहरूले न्यूजिल्याण्डमा आउँदा अंग्रेजी भाषाको दक्षताका प्रावधानहरूका साथै तीन वर्ष मात्रै बस्न पाउनेछन् ।

यस अगाडि कामको भिसामा आउनेहरूले पाँच वर्ष बस्न पाउने प्रावधान रहेको थियो । गत वर्ष न्यूजिल्याण्डमा एक लाख ७३ हजार जना प्रवेश गरेका थिए ।

५३ लाख जनसंख्या भएको देशमा यो आँकडा अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ ।

बेल्डर तथा फिटर जस्ता विभिन्न ११ पेशालाई आवासीय भिसा दिने प्रावधान समेत हटाइएको छ ।

गत वर्ष न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सनले आप्रवासन थाम्नै नसकिने तहमा पुगेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर