होटल पौवाले १२ वटै शाखामा विविध कार्यक्रम गरी मनायो ८ औं वार्षिकोत्सव – Nepal Press

होटल पौवाले १२ वटै शाखामा विविध कार्यक्रम गरी मनायो ८ औं वार्षिकोत्सव

रूपन्देही । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट विविध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ ।

हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो । होटल पौवाको काठमाडौं शाखाले शंखमुलस्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेको छ भने होटल पौवा भैरहवा र बुटवलले पौवा परिसरमै बृहत रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागितामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए ।

स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।

त्यसैगरी पौवाको तानसेन शाखाले सिर्जनशील अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरुलाई खाना खुवाएको छ भने दाङको घोराही शाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ ।

पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा एकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीबासीलाई निःशुल्क मधुमेह,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परीक्षण तथा स्वास्थ्य परामर्श शिविर संचालन गरेको छ ।

बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर संचालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले बताए ।

यस्तै पौवाको लमही शाखाले नगर सरसफाई, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिसरको सरसफाई कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफूल वितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ ।

धनगढी पौवाले नगर तथा शिवपुरी धाम मन्दिर सरसफाई तथा गोरुसिङ्गे शाखाले स्थानीय नगर सरसफाई तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेर वार्षिकोत्सव मनाएको छ ।

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका विभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदूरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १, गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । गौतमका अनुसार शाखा बिस्तारको लागि चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको छ ।


प्रतिक्रिया

One thought on “होटल पौवाले १२ वटै शाखामा विविध कार्यक्रम गरी मनायो ८ औं वार्षिकोत्सव

  1. पौवाको गोरूसिंगे को धेरै राम्रो छ। खाना बस्न दुबै। हाम्रो अनुभव 👍👍🤗🤗

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर