लुम्बिनी सरकारको प्रवक्तामा दिपेन्द्र पुन तोकिए – Nepal Press

लुम्बिनी सरकारको प्रवक्तामा दिपेन्द्र पुन तोकिए

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङमा प्रस्तावित अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

नवगठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले राप्ती गाउँपालिकाभित्र सञ्चालन भएको अस्पताललाई प्रदेशको विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न अर्थमन्त्रालयले पूर्व सहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी बिनाविभागीय मन्त्री दिपेन्द्र पुनलाई दिएको छ । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर