संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न देउवाले बोलाए बैठक – Nepal Press

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । संसदको बैठक चैत २७ गते मंगलबारका लागि बोलाइएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर