धर्ममा राजनीति घुसाउनु हुँदैन:शशांक कोइराला – Nepal Press

धर्ममा राजनीति घुसाउनु हुँदैन:शशांक कोइराला

भैरहवा। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले धर्ममा राजनीति घुसाउन नहुने बताएका छन् । धर्म निरपेक्ष र सापेक्ष नहुने र धर्म स्वतन्त्र हुन्छ भन्ने आफ्नो बटमलाइन भएको उनले बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, ‘चारवटा तारामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । जुन दिन हामीले धर्म निरपेक्षता लेख्यौं, मैले सुशील कोइराला दाइलाई भने एउटा झण्डा झिकिदिनुस् र तीनतारे झण्डा बनाइदिनुस् । मैले यो कुरा पार्टीको महाधिवेशन र उनले हिन्दू राष्ट्रको अहिले बोलबाला रहेको र नेपालमा झण्डै ८० प्रतिशत हिन्दूहरु रहेको बताए ।

उनले भने, ‘म हिन्दू राष्ट्रको पक्षमा छैन । तर, धर्म निरपेक्ष नकारात्मक शब्द हो । धर्म स्वतन्त्र हुन्छ । त्यही हो मेरो बटमलाइन । मेरो आमाले दैनिक पूजा पाठ गर्नुहुन्थ्यो । मैले बुवा विपी कोइरालालाई सोधे किन आमाले दैनिक पूजा पाठ गर्नुहुन्छ । उहाँले भन्नुभयो, त्यो उसको स्वतन्त्रताको कुरा हो । विपीलाई मानिसहरु नास्तिक भन्थे ।’

प्रतिनिधि सभा सदस्यसमेत रहेका डा। कोइरालाले कांग्रेस सरकारमा जाँदा स्पष्ट धारणा लिनुपर्नेमा जोड दिए । उनले महिलालाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए । १७ लाख हेक्टर खेतीयोग्य जमिन भएको नेपालमा किन युवाहरुलाई हामीले किसान बनाउन सकेनौ भन्दै उनले प्रश्न गरे । उनले भने, ‘हामी किन मल कारखाना किन राख्दैनौं? कृषिप्रधान मुलुकमा कृषिमा ३ प्रतिशत बजेट छ । सबै खानेकुरा विदेशबाट आयात गरेर खाइरहेका छौं । यहाँ उत्पादित सुन्तलालगायत वस्तुले उचित बजार पाउन सकेको छैन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर